INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३३ वर्षीया महिलालाई ०८३ वैशाख ७ गते बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका–५ का ३६ वर्षीय सुवास कुमार रौनियारविरुद्ध पीडितले  जेठ ४ गते इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएकी छन् ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका ईन्स्पेक्टर नितेश कुमार सिंहले बताउनु भयो ।

महिलाको स्वास्थ्य परीक्षण जेठ ४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो