१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१ का २२ वर्षीय हीना खातुनलाई ०८३ वैशाख ३० गते गिरफ्तार गरेको छ । घटनामा संलग्न अर्का आरोपित सोही ठाउँका २५ वर्षीय समिर खान भने फरार रहेका छन् ।
आरोपितहरुले युवतीलाई वैशाख २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।