१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–५ रंजीतपुरका २० वर्षीय राजेश चौधरीलाई ०८३ वैशाख ३० गते गिरफ्तार गरेको छ ।
आरोपितले युवतीलाई वैशाख २९ गते बलात्कार प्रयास गरेको भन्दै सोही दिन पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइकी थिइन् ।
चौधरीविरुद्ध वैशाख ३१ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते जिल्ला अस्पताल राजविराजमा गरिएको छ।