INSEC Online

📅 २०८३ जेष्ठ २१

केन्द्रीय कारागारबाट फरार कैदी महोत्तरीबाट गिरफ्तार   

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल काठ्माण्डौबाट फरार भएका मनरासिस्वा नगरपालिका–२ का ३६ वर्षीय प्रकाश कुमार सिंहलाई ०८३ वैशाख २९ गते प्रहरीले महोत्तरीबाट गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी शैलेन्द्र भट्टका अनुसार ठगी मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका प्रकाशलाई आफ्नो घरमा लुकिछिपि बसेको सूचना आधारमा गिरफ्तार गरिएको बताउनुभयो । उनलाई कारागार कार्यालय महोत्तरीमा बुझाएको डिएसपी भट्टले जानकारी दिनुभयो ।

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो