५० वर्षीया महिलालाई ०८३ वैशाख १९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुनकोशी गाँउपालिका— ५ का ३६ वर्षीय प्रकाश माझीलाई वैशाख २१ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित पक्षले वैशाख २१ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २१ गते प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा गरिएको छ।