राजपुर नगरपालिका–१ बौहर्बाका ७० वर्षीय हिरा राम र उनकी पत्नी ५८ वर्षीया फुलियादेवी रामलाई ०८३ वैशाख २७ गते कुटपिट गरेको आरोपमा सोही ठाउँका २९ वर्षीय दुर्गा राय, ३० वर्षीय विजय राय, ३३ वर्षीय अनिल, ४५ वर्षीय विरेन्द्र राय, ३५ वर्षीय पप्पु राय, २२ वर्षीय अभय राय, १८ वर्षीय लाल राय यादव र ७० वर्षीय कैलास रायविरुद्ध पीडितले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
आरोपितहरुले परिवारका अन्य सदस्यहरुलाई समेत धम्की दिइ तस्रित बनाएको भन्दै गुड्डुका साथिहरु १६ वर्षीय रोसन पासवान र १७ वर्षीय अमित कुमार रामलाई अनिल रायले गाडीमा अपहरण गरी लगेका पीडितले बताएका छन् । हिरा रामका अनुसार उनका नाती २६ वर्षिय गुड्डु कमार रामले यादवपक्षकी छोरीलाई प्रेमको प्रलोभन देखाएर वैशाख २७ गते भगाएको आरोपमा “तँ चमार जातको स्तरअनुसार झुकेर बस्, हाम्रो छोरी ताक्ने हिम्मत गरिस् अब सजाय पाउँछस्” भन्दै निर्घात कुटपिट गरी घाइते बनाएको हो । घाइतेहरुको गौर अस्पतालमा उपचार भयो। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी विष्णु प्रदिप बस्यालले बताउनु भयो ।