INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा नौ महिना बालसुधार गृह पठाउने फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १३ वर्षीय बालकलाई नौ महिनाका लागि बालसुधार गृह भैरहवा पठाउने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको ०८३ वैशाख २९ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै उक्त फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनुभयो ।

आरोपितले बालिकालाई ०८३ वैशाख ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई वैशाख ८ गते घरबाटै गिरफ्‌तार गर्‍यो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ८ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो