औरही गाउँपालिका–३ का ३१ वर्षीय बिरेन्द्र साहलाई रुखमा बाँधेर कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष जिबछ यादवविरुद्ध पीडितले ०८३ वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित साहका अनुसार आफ्नो निजी जग्गामा वडा अध्यक्षले सडक बनाउन लागेको विरोध गरेपछि उनको आदेशमा हातखुट्टा बाँधेर कुटपिट गरी जग्गा खाली गराएको बताउनु भयो । अतिक्रमण गरी बन्द गरेको बाटो खुलाउन जाँदा बिरेन्द्रले अवरोध गरेका कारण स्थानीयहरुले हात बाधेको वडा अध्यक्ष यादवले बताउनु भयो । घटनाको अनुसन्धान गरी कारबाही प्रकृया अगाडी बढाउने डिएसपी रमेशबहादुर पालले बताउनु भयो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि