INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवलाई हत्या गरेको आरोपमा सिरहा नगरपालिका–१ का ५२ वर्षीय पूर्व शिक्षक उपेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८३ वैशाख २६ गते गिरफ्तार गरी वैशाख २८ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

आरोपितले प्रेमनाथलाई घरायसी विवादका कारण भारतीय सुटर मार्फत ३ लाख रुपियाँमा ०८२ माघ १६ गते खेतमा काम गरेको अवस्थामा गोली हानी हत्या गराएको प्रहरीको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेशबहादुर पालले बताउनु भयो । केन्द्रीय टोली, प्रदेश टोली र जिल्लाको संयुक्त टोलीले विशेष अनुसन्धान पछि आरोपित पता लगाई गिरफ्‌तार गरेको र किटानी जाहेरी वैशाख २८ गते लिएर जिल्ला अदालतबाट म्याद थप गराएको डिएसपी पालले बताउनु भयो ।

शवको पोस्टमार्टम प्रादेशिक अस्पताल सिरहामा माघ १७ गते भएको डिएसपी पालले बताउनु भयो ।

दुर्गा परियार

अन्य

भिडियो