INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय माविका २३ वर्षीय शिक्षक प्रकाश खड्कालाई फागुन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपित खड्कालाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रूकुम (पश्चिम) का इन्स्पेक्टर प्रमोदकुमार खड्काले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण फागुन २२ गते जिल्ला अस्पताल सल्लेरीमा भएको जिल्ला प्रहरी कार्यालय, रूकुम (पश्चिम)ले जनाएको छ ।

अन्य

भिडियो