INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद

५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बबई गाउँपालिका–४ का ३१ वर्षीय यज्ञ बोहरालाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधिस लालसिंह थापाको ०८३ वैशाख २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै सात वर्ष कैद, ३० हजार रुपियाँ जरिवाना, ३ लाख रुपियाँ क्षतिपूर्ति र १२ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको अदालतका स्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो ।

बोहराले ०८२ माघ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि प्रहरीले फागुन १ गते गिरफ्तार गरी अनुसन्धान थालेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन १ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो ।

जयनारायण पुन

अन्य

भिडियो