१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनवल नपा–८ का ६५ वर्षीय धनबहादुर राईलाई फागुन २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको सई माधवप्रसाद भण्डारीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २० गते पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा गराइएको प्रहरीले जनायो ।