१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–८ का २२ वर्षीय सुरज प्रकाश मण्डललाई ०८३ वैशाख २१ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई वैशाख २० घरमै प्रवेश गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ।
बालिकाको स्वास्थ्य परीक्षण वैशाख २१ गते गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको छ ।