अनलाइनखबरकर्मी कमल प्रसाईंलाई ०८३ वैशाख १२ गते काठमाडौं उपत्यकाको मनोहरास्थित सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा आक्रोशित समूहले आक्रमण गर्दा घाइते भए । आक्रमणबाट उनको नाक र कानमा चोट लागेका थियो । घाइते प्रसाईंको विर अस्पतालमा वैशाख १६ गते नाकको अपरेसन गरिएको छ ।
नेपाल पत्रकार महासंघले वैशाख १३ गते विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । विज्ञप्तिमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाह गर्दा भएको यो आक्रमण निन्दनीय र प्रेसविरोधी छ । महासंघ यो अपराधिक कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।
आक्रमणकारीले प्रसाईंको क्यामेराको मेमोरी कार्ड समेत खोसेका थिए ।