१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय नीरकुमार विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन १५ गते प्रहरी चौकी जालपामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए ।
आरोपितले आर्थिक सम्झौता गरी घटना मिलाउन दबाब दिएका कारण पीडित पक्षले ढिलो गरी उजुरी दिएको हुनसक्ने डिएसपी केसीको भनाई छ ।