INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भुम्लु गाउँपालिका–९ ज्याम्दीका ३६ वर्षीय काजीमान तामाङलाई १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाद्वयलाई आरोपितले फागुन १४ गते यौन दुर्व्यवहार गरेको र पटक पटक पीडित बालिकाहरूको घरमा कोही नभएको अवस्थामा आएर सम्वेदनशील अङ्गहरू छुने, जिस्काउने र वनजङ्गल जाँदा पछ्याउने गरेको भन्दै आरोपितविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा फागुन १७ गते उजुरी दिएको प्रहरीले जनायो ।

उक्त उजुरीको आधारमा प्रहरीले आरोपितलाई १९ गते गिरफ्तार गरेको हो । पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण फागुन १७ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

मुलुकी अपराध संहिता–०७४ अन्र्तगत करणीसम्बन्धी कसुरको दफा २२५ मा बाल यौन दुरूपयोग गर्न नहुने उल्लेख भएकाले आरोपितलाई हदैसम्म कारबाहीको माग गरिएको छ ।

अन्य

भिडियो