१२ वर्षीय बालिकालाई ०८३ वैशाख ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा बिदेह नगरपालिका–५ का २२ वर्षीय राकेश मण्डललाई वैशाख १० गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित पक्षले वैशाख ९ गते तिनकोरिया प्रहरी चौकीमा उजुरी दिएका छन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १० गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।