४० वर्षीया महिला पत्रकारमाथि ०८२ चैत २८ गते दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तुका ५१ वर्षीय पत्रकार विकास बञ्जाडेलाई मकवानपुर प्रहरीले ०८३ वैशाख ८ गते गिरफ्तार गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन चैत २९ गते हेटौँडा पुगेका बञ्जाडेले एक महिला पत्रकारलाई दुर्व्यवहार गरेको आरोप छ ।
घटना सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघले तत्कालै बञ्जाडेलाई केन्द्रीय सदस्य पदबाट निलम्बन गरेको थियो । चैत ३० गते महासंघका सचिव रमेश खतिवडाले जारी गरेको विज्ञप्तिमा बञ्जाडेको आचरणमाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्दै केन्द्रीय समितिको बैठकबाट निलम्बन गर्ने निर्णय गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको आदेशमा आरोपित ३ हजार रुपियाँ धरौटी राखी वैशाख ९ गते रिहा भएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।