१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–५ का २१ वर्षीय महेश बुढालाई ०८३ वैशाख ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई वैशाख ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको थियो । आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर गणेश ज्ञावलीले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ६ गते योगी जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।