INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको पहलमा मुक्त कमैया परिवारलाई घर हस्तान्तरण

सुदूरपश्चिम प्रदेश सरकार र बर्दगोरिया गाउँपालिकामा मुक्त कमैयाका २१ घर परिवारलाई सुरक्षित आवासको लागि ०८३ शाख ६ गते घर हस्तान्तरण गरिएको छ ।

सुद्ररपश्चिम प्रदेश सरकार र बर्दगोरिया गाउँपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय दलित  नेटवर्कको संयुक्त पहलमा घर निर्माण गरी २१ घर मुक्त कमैया परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले प्रदेश, स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुको साझेदारीमा गाउँपालिकाले बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डामा बसोबास गर्दै आएका २१ परिवार मुक्त कमैयालाई सुरक्षित आवासको लागि घर निर्माण गरिएसँगै निरन्तर रुपमा मुक्त कमैया, हलिया र मुक्त कम्लहरीहरुको पुनस्र्थापना र अन्य समस्या समाधानका लागि कार्यहरु भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो— ‘आफ्नो कार्यकालमा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका मुक्त कमैया, सुकुम्बासी, भूमिहीनहरुको लागि सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिने योजना बनाएको छु । यसको लागि सहयोगी संघसंस्थाहरुसँग सहकार्य भइरहेको छ ।’

मुक्त कमैया परिचय–पत्र र लालपुर्जा भएका तर घर बनाउन नसकेका मुक्त कमैयाका २१ घर परिवारलाई सुरक्षित आवासका लागि घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष मोहन वडले बताउनु भयो ।

हेविट्याट फर ह्युमानिटी नेपालकी पश्चिम प्रमुख पुनिता चौधरीले विभिन्न स्थानीय तहमा रहेका मुक्त कमैया, मुक्त हलिया, विपन्न दलित, भूमिहिनका लागि २ सय ५२ घरपरिवारला्रई सुरक्षित आवास निर्मांण गरी हस्तान्तरण  गरिसकिएको बताउनु भयो ।

मैनामोती चौधरी

अन्य

भिडियो