आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका एक जना कैदीलाई ०८३ वैशाख २ गते प्रहरीले पोखरा महानगरपालिका– ९ पृथ्वीचोकबाट गिरफ्तार गरेको छ ।
हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहटमा कैद सजाय भुक्तान गरिरहेको अवस्थामा ०८२ भदौ २४ गते फरार भएका रौतहट डुमडिया गाउँपालिका–१० का ३० वर्षीय केदार परियार भन्ने केदार दमाई रहेकोे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी गणेश पाण्डेले बताउनु भयो ।
गिरफ्तार गरिएका परियारलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय कास्कीमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।