बोलाइसम्बन्धी अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–६ गुठका ४२ वर्षीय धनबहादुर गिरीलाई ०८३ वैशाख २ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी शरतकुमार थापा क्षत्रीले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३ गते जिल्ला अस्पताल धनकुटामा गरिएको छ ।