१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका–१ बानडाँडाका ४० वर्षीय दिनेश माझीलाई वैशाख १ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८२ चैत ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८३ वैशाख १ गते इलाका प्रहरी कार्यालय, उर्लावारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछाने बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख २ गते गरिएको छ ।