INSEC Online

📅 २०८३ जेष्ठ २१

डडेल्धुरा जिल्ला कारागारबाट फरार रहेका एक कैदी गिरफ्तार 

आन्दोलनका क्रममा डडेल्धुरा जिल्ला कारागारबाट फरार रहेका एक जना कैदीलाई  प्रहरीले पाटन नगरपालिका–८ खोड्पेबाट ०८२ चैत २९ गते गिरफ्तार गरेको छ ।

०८२ भदौ २३ र २४ गते भएको नवयुवा पुस्ताको आन्दोलनका क्रममा डडेल्धुरा जिल्ला कारागारबाट फरार भएका ज्यान जाँचसम्बन्धी मुद्दामा कैदी भुक्तान गरिरहेका पाटन नगरपालिका–८ सलमारीका ३४ वर्षीय रमेश बिष्टलाई सोही नगरपालिका–८ स्थित जसलेखालीबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बल्देब बडुले बताउनु भयो ।

गिरफ्तार गरिएका बिष्टलाई हाल प्रहरी चौकी खोड्पेमा राखिएको छ । उनलाई थप कारबाहीका लागि डडेल्धुरा जिल्ला कारागार पठाउने तयारी भइरहेको समेत इन्स्पेक्टर बडुले बताउनु भयो ।

नरी बडु

अन्य

भिडियो