कमला नगरपालिकामा ज्येष्ठ नागरिकहरूले पाउने सामाजिक सुरक्षा भत्ता नौ महिनादेखि वितरण नभएपछि ज्येष्ठ नागरिकहरू ०८२ चैत २४ गतेदेखि धर्नामा बसेका छन्। वडा नं ९ का ७४ वर्षीय देवनारायण यादवले राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ताले आफ्नो औषधि उपचार र दैनिक जीवनयापनको प्रमुख आधार भएको बताए। उनले लामो समयदेखि भत्ता नपाउँदा स्वास्थ्य उपचार गराउन नसकेको दुखेसो पोखे। यस्तै, धर्नामा सहभागी ७१ वर्षीय रामचन्द्र मण्डलले ज्येष्ठ नागरिकहरूको जीवन निर्वाहको मुख्य आधार नै सामाजिक सुरक्षा भत्ता भएको बताए। उनले भत्ता रोकिँदा खाद्य सुरक्षादेखि स्वास्थ्य सुरक्षासम्म प्रत्यक्ष असर परेको उल्लेख गर्दै राज्यप्रति असन्तुष्टि व्यक्त गरे। त्यस्तै, सोही पालिका– ९ का ७१ वर्षीय कैलाश यादवले आफूहरूसँग कुनै पनि आयआर्जनको स्रोत नभएको अवस्थामा राज्यले दिने सामाजिक सुरक्षा भत्ता नै एक मात्र सहारा भएको बताए। उनले भने, न खेत छ, न रोजगारी। चार दिनदेखि औषधि गर्न समेत सकेको छैन। नगरप्रमुख विश्वेश्वर यादवअनुसार राजनीतिक समीकरण नमिल्दा लामो समयदेखि नगरसभा बस्न नसकेको कारण देखाए। उनले २०८२ चैत ३० गतेसम्म नगरसभा बस्ने लगभग निश्चित भएको र त्यसलगत्तै ज्येष्ठ नागरिकहरूको भत्ता वितरण गरिने बताए। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार शाहले नगरसभा नहुँदा ज्येष्ठ नागरिकहरू मात्र होइन, नगरपालिकाभित्रका सम्पूर्ण कर्मचारीहरूले पनि नौ महिनादेखि तलब पाएका छैनन्। उनले नगरसभा निर्धारित मितिमा सम्पन्न भएमा २०८३ वैशाखको पहिलो साताभित्र ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको तलबसमेत उपलब्ध गराइने जानकारी दिए।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७