२८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका–६ का ३२ वर्षीय लुकी बहादुर खत्री र ३४ वर्षीय वीर कुमार बैठाविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगंजमा ०८२ चैत २६ गते उजुरी दिएका छन् ।
आरोपितहरुले महिलालाई चैत ४ गते नसालु औषधि सेवन गराइ सामूहिक बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । घटना पश्चात आरोपितहरू फरार भएकोले खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर नितेश कुमार सिंहले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २६ गते प्रादेशिक अस्पताल मलंगवामा गरिएको छ ।