INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन हिंसा गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

विद्यालयमा अध्ययनरत बालबालिकालाई यौन हिंसा गरेको कसुरमा पर्वत जिल्ला अदालतले फागुन १४ गते फलेवास नपा–६ देविस्थानमा सञ्चालित माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक ५० वर्षीय खिलप्रसाद पौडेललाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

सात वर्षीया दुई, १० वर्षीया एक र १२ वर्षीया एक गरी चारजना बालिकालाई यौन हिंसा गरेको भन्दै पौडेललाई प्रहरीले ०७५ साउन ६ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाहरू टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि अभिभावकले सोध्दा बालिकाहरूले आपूmमाथि विगत एक वर्षदेखि हिंसा हुँदै आएको भनेपश्चात् पीडित पक्षले साउन ६ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएको थियो ।

जिल्ला अदालत पर्वतका न्यायाधीश सुर्यबहादुर थापाको इजलासले आरोपित पौडेललाई घटनामा दोषी ठहर गर्दै पाँच वर्षको कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।

अन्य

भिडियो