१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाई गाउँपालिका–७ धाङ्गलेका २४ वर्षीय बले भनिने बलबहादुर श्रेष्ठलाई चैत २५ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८२ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २४ गते गरिएको छ ।