INSEC Online

📅 २०८३ जेष्ठ २१

नौबस्ता कारागारबाट फरार एक जना गिरफ्‌तार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते बैजनाथ गाउँपालिका– ३ स्थित नौबस्ता कारागार बाँकेबाट फरार भएका २१ वर्षीया ज्ञानेन्द्र टमटालाई इलाका प्रहरी कार्यालय कोहलपुरले चैत २२ गते गिरफ्‌तार गरेको छ ।

कोहलपुर नगरपालिका–१२ चपरगौढीका टमटालाई जिल्ला अदालतको ०८१ पुस २६ गतेको इजलासले लागुऔषध मुद्दामा ६ वर्ष ६ महिना कैद र २० हजार रुपियाँ जरिबाना गरेको थियो । गिरफ्‌तार पछि नौबस्ता कारागारलाई बुझाएको जिल्ला प्रहरी कार्यालयको सूचना अधिककारी डिएसपी दिपक पातलीले जानकारी दिनु भयो ।

ध्रुबराज शर्मा

अन्य

भिडियो