INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

दाङ जिल्ला गढवा गाउँपालिका घरभई सशस्त्र प्रहरी वल हथिहवा कपिलवस्तुमा कार्यरत बरिष्ठ प्रहरी हबल्दार भिम बहादुर चौधरीलाई ०८२ चैत २३ गते डिउटीमा रहेको समयमा कुटपिट गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–५ स्थायी घरभई सुध्द्धोधन गाउँपालिकाका उपाध्यक्ष लाला भन्ने होम प्रकाश चौधरीलाई चैत २३ गते पालिकाबाटै गिरफ्‌तार गरेको छ ।

आरोपितले पीडितलाई भारतबाट मोटरसाइकलमा सामान ल्याउदै गरेको अपरिचत व्यक्तिलाई चेकजाँच गरेको भनी कार्यालयको गाडीमा घटनास्थलमा पुगी डिउटीमा रहेका प्रहरीलाई कुटपिट गरी साथमा रहेको हतियार समेत खोसेका थिए ।

पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कुटपिट तथा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा चैत २३ गते उजुरी दिनु भएको छ ।

कुटपिटबाट पीडितको दायाँ आँखाको तल्लोपट्टी चोट लागेको छ भने शरिरका विभिन्न भागमा निलडाम रहनुका साथै बर्दी च्यातिएको सशस्त्र प्रहरी वलका डिएसपी आनन्द खनालले बताउनुभयो ।

पीडितको उपचार कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो