१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फागुन १३ गते इलाम जिल्ला सुर्योदय नपा–६ का ५० वर्षीय रविन भन्ने खुदबहादुर गुरुङविरूद्ध जिल्ला अदालतले १५ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश मनोज केसीको एकल इजलासले पीडितलाई कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति समेत भराउन फैसाल गरेको छ ।
फैसला अनुसार कसुरदारलाई कैद भुक्तान गर्न जिल्ला कारागार चलान गरिएको सो अदालतको सूचना अधिकारी याम चौहानले बताए ।
पीडितलाई असोज २ गते बलात्कार गरेको भन्दै असोज ४ गते पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो । प्रहरीले असोज ५ गते आरोपितलाई गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशले असोज २२ गतेदेखि आरोपित पूर्पक्षका लागि कारागारमा रहेका थिए ।