INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

नलगाड नपा–१ जुरेली स्थित एनसेलको टावरमा फागनु ११ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । एनसेलको टावरमा आगजनी गरेको विषयमा कसैले जिम्मेवारी नलिएको प्रहरीले जनाएको छ ।

अज्ञात पक्षले राति एनसेलको टावरमा आगजनी गरेपछि राति करिब ११ बजे स्थानीयबासीले आगो निभाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम खत्रीले जानकारी दिए ।

घटनास्थल भौगोलिक रूपमा विकट भएकाले प्रहरीलाई घटना ढिला जानकारी भएको खत्रीले जानकारी दिए ।

आगजनी गरिएको एनसेलको टावरमा ठुलो क्षति हुनबाट स्थानीयले जोगाएका छन् । उक्त टावरमा जडान गरिएको सात ओटा सोलार सेट तोडफोड हुनुका साथै आगोले सोलार तारहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिइएको प्रहरी टोली घटनास्थलमा पुगेपनि घटनामा संलग्न व्यक्तिको पहिचान नभएको नभएको डिएसपी खत्रीले बताए ।

सो क्षेत्रमा रहेको एनसेलको टावरमा आगजनी हुँदा उक्त क्षेत्रमा एनसेल प्रयोग गर्ने अधिकाश सेवाग्राही मर्कामा परेका छन् ।

अन्य

भिडियो