INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक हत्या घटनाका आरोपित गिरफ्तार

राप्ती गाउँपालिका–२ का १७ वर्षीय स्मित प्रधानको हत्या गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका–८ घर भइ हाल राप्ती गाउँपालिका–४ बस्ने २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिका– मौरीघाटका १८ वर्षीय निश्चल चौधरी र १७ वर्षीय बालिकालाई गिरफ्तार गरेको छ ।

साथी भेट्न गएका राप्ती गाउँपालिका–२ का स्मित प्रधान र राप्ती गाउँपालिका–१ का १६ वर्षीय आयुष्मान थापामगरलाई चैत १९ गते राति नचिनेका मान्छेहरुले धारिलो हतियार प्रहार गर्दै कुटपिट गरेका थिए । कुटपिटबाट घाइते स्मित प्रधानको राप्ती गाउँपालिका–४ नहरमा चैत २० गते शव भेटिएको थियो भने भाग्न सफल घाइते आयुष्मान थापामगरको राप्ती आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम चैत २१ गते लमही अस्पतालमा गरी आफन्तले बुझेर परम्पराअनुसार सद्गत गरे । प्रहरीले घटनास्थलबाट कुटपिटमा प्रयोग गरिएको ढुंगा, चक्कु, बाँसको टुक्रा, प्लाष्टिक डोरी र मोवालाइलगायतका सामग्री बरामद गरेको जनाएको छ । घटनाका आरोपितलाई भने हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जयनारायण पुन

अन्य

भिडियो