उत्तरगया दैनिकमा कार्यरत पत्रकार २५ वर्षीय सरोज गिरीमाथि समाचार सङ्कलनको क्रममा विदुर नपा–४ बट्टारमा रहेको नुवाकोट आदर्श बहुमूखी क्याम्पसमा हातपात भएको छ ।
क्याम्पसको वार्षिकोत्सवको अवसरमा फागुन १३ गते नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच भएको झडपमा फोटो खिच्ने क्रममा पत्रकार गिरीमाथि विद्यार्थीहरूले हातपात गरेका हुन् ।
पत्रिकाले स्वतन्त्र रूपमा समाचार सङ्कलनको लागि अवरोध गर्नुका साथै पत्रकार गिरीमाथि हातपात गरी मोबाइल समेत फुटाइदिएको जनाएको छ ।
झडपमा संलग्नहरूको नजिकबाट फोटो खिचेको भन्दै हातपात गरिएको पीडित पत्रकार गिरीले बताए ।
फागुन १३ गते अनेरास्ववियु क्याम्पस एकाईका अध्यक्ष विष्णुहरि रिमालले विज्ञप्ति निकाली पत्रकारमाथि हातपात नभएको उल्लेख गरेका छन् ।