INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा एक जना गिरफ़्‌तार

सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा रामेछाप  जिल्ला मन्थली नगरपालिका–१२ घर भइ काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३५ वर्षीय भगवती खड्कालाई प्रहरीले ०८२ चैत १७ गते गिरफ़्‌तार गरेको छ । पीडितले सामाजिक सञ्जालमा कमेन्टमार्फत सार्वजनिक रूपमा बेइज्जत गर्ने, घृणा र द्वेष फैलाउने तथा चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले आरोपित खड्कालाई काठमाडौंबाट गिरफ़्‌तार गरेको हो । प्रहरीले खड्कामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।

अनमोल पन्त

अन्य

भिडियो