सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा रामेछाप जिल्ला मन्थली नगरपालिका–१२ घर भइ काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३५ वर्षीय भगवती खड्कालाई प्रहरीले ०८२ चैत १७ गते गिरफ़्तार गरेको छ । पीडितले सामाजिक सञ्जालमा कमेन्टमार्फत सार्वजनिक रूपमा बेइज्जत गर्ने, घृणा र द्वेष फैलाउने तथा चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले आरोपित खड्कालाई काठमाडौंबाट गिरफ़्तार गरेको हो । प्रहरीले खड्कामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,