INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि हिंसा पीडित बालिकालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी चार वर्षीया बलात्कार घटनाकी पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ चैत १८  गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया प्रतिनिधि प्रकाश पौडेलले बालिकाका आफन्तलाई न्यायमा पहुँचका लागि १० हजार रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।

पीडित बालिकालाई ०८२ चैत ४ गते १३ वर्षीय बालकले बलात्कार  गरेको भन्दै पीडित पक्षले चैत ४  गते इलाका प्रहरी कार्यालय, बानियाभारमा उजुरी दिएका थिए। घटनाका आरोपितलाई प्रहरीले चैत ४  गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ४ गते बर्दिया अस्पताल गुलरियामा भएको थियो ।

प्रकाश पौडेल

अन्य

भिडियो