४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देउमाई नगरपालिका-३ सुर्केका ४० वर्षीय राजु बिकलाई गिरफ्तार गरेको छ।
पीडित महिलालाई ०८२ चैत १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि चैत १६ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १६ गते गरिएको छ।