INSEC Online

📅 २०८३ जेष्ठ २१

छोरीको हत्या गरेको कसुरमा आमालाई जन्मकैद

नौ वर्षीया भावना बुढालाई विष खुवाई हत्या गरेको कसुरमा जिल्ला अदालतले महाबु गाउँपालिका–४ काशिकाँधकी २९ वर्षीया जौकला भन्ने शर्मिला बुढालाई जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट फागुन १२ गते सो फैसला भएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।

०७५ असार ९ गते घरमा बिहानको खाजा भनी दिइएको चाउमिीमा विष घोलेर खुवाएको कारण छोरी भावना बुढालाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

शर्मिलाले एउटै घटनामा विष खुवाएकी १३ वर्षीय छोरा भूपेन्द्र बुढालाई नेपालगञ्ज पुर्‍याएर उपचार गरी निको भई घर फर्किएपछि असार असार २६ गते प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

मृतकको शव पोष्टमार्टम असार ९ गते नै दैलेख लिल्ला अस्पतालमा भएको थियो । दैलेख जिल्ला अदालतको आदेशमा आरोपितलाई साउन १४ गतेदेखि नै पुर्पक्षका लागि जिल्ला कारागार थुनामा पठाएको थियो ।

अन्य

भिडियो