INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार बैतडीमा क्षमता भन्दा दोब्बर कैदी र थुनुवा हुँदा कारागार व्यवस्थापनमा समस्या भएको छ ।

२०४० सालमा स्थापना कारागारको १५ पुरुष र १० महिला गरी २५ जनाको क्षमता भएपनि अहिले ३८ कैदी र १८ थुनुवा गरी ५६ जना हुँदा समस्या भएको हो । दोब्बर कैदीबन्दी हुँदा बस्न समस्या भएको कैदी महेश भट्टले बताए ।

कारागरमा महिला राख्न उपयुक्त वातावरण नभएकाले अहिले कैदी तथा थुनुवा महिलालाई अन्यत्रै जिल्लामा रहेका कारागारमा लग्ने गरिएको छ ।

कारागारदेखि अदालत, जिल्ला प्रशासन र अस्पाताल तीन–चार किलोमिटरको दुरीमा छन् । जसका कारण थुनुवाको वयान तथा औषधि उपचारका लागि लग्न समेत निकै समस्या हुने गरेको कारागार प्रशासनको भनाई छ ।

केन्द्रिय कारागार व्यवस्थापन कार्यालयले महिला सेल र बाटोको निर्माणको लागि इष्टमेट मागेपनि अहिलेसम्म कुनै सुनुवाइ नगरेको जिल्ला कारागारले जनाएको छ ।

अन्य

भिडियो