१० वर्षीय बालिकालाई ०८२ साउन ३ गते बलात्कार गरेको कसुरमा हेटौंडा उपमहानगरपालिका–४ का ३९ वर्षीय पुरुषलाई जिल्ला अदालत मकवानपुरले कसुर ठहर गर्दै ४५ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश पूर्णिमा कोइरालाको ०८२ चैत १५ गते इजलासले आरोपितलाई कसुर ठहर गर्दै ४५ वर्ष कैद साढे ७ लाख रुपियाँ जरिबाना र क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताउनु भयो । अदालतले बलात्कार गरेको कसुरमा २० वर्ष र हाडनातामा थप २५ वर्ष गरी ४५ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी कौशिकले बताउनु भयो । अदालतले पीडितलाई कसुरदारबाट उपलब्ध गराउने गरी ७ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति गरी साढे ७ लाख रुपियाँ उपलब्ध गराउनु पर्ने आदेश गरेको सूचना अधिकारी कौशिकले बताउनु भयो ।