नवयुवा पुस्ताले भदौ २३ गतेको गरेको आन्दोलनको क्रममा बानेश्वरमा युवाहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भन्दै तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ०८२ चैत १७ गते प्रहरीले सुविधानगरबाट गिरफ्तार गरेको छ ।
आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए ।