सामाजिक सञ्जाल टिकटकमा ज्यान मार्ने र घर जलाउने धम्की दिएको भन्दै श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा समर्थक सुनिता खड्का नामकी एक महिला विरुद्ध साइबर ब्यूरो भोटाहिटीमा ०८२ चैत १६ गते उजुरी दिनु भएको छ ।
घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रकृया अघि बढाइएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका सूचना अधिकारी दिपक राज अवस्थीले बताउनु भयो ।