१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले धादिङ जिल्ला गजुरी गाउँपालिका– ६ बन्छेटार स्थायी घरभई सगुन कन्ट्रक्सन इन्टरपाईजेज तिलोत्तमाको ट्याक्टर चालक २० वर्षीय अनिष मगरलाई एक वर्ष एक महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश इन्द्र बहादुर कठायतको चैत ७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै आरोपितलाई एक वर्ष एक महिना कैद सजाय, १० हजार रुपियाँ जरिबाना क्षतिपूर्ति बापत १ लाख पीडितलाई क्षतिपूर्ति बापतको रकम भराई दिने र ४ सय पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०८२ कात्तिक १७ गतेदेखि कात्तिक १८ गतेसम्म बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएको थियो । । प्रहरीले आरोपितलाई कात्तिक १८ गते घटनास्थलबाटै गिरफ्तार ग¥यो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक १८ गते भिम अस्पताल भैरहवामा भयो ।