मध्यनेपाल नगरपालिका–२ तान्द्राङटक्सारको माथिल्लो क्षेत्रमा झण्डै दुईसाता देखि खानेपानीको समस्या भएको छ । गाउँमा निर्माण गरिएको जाल्पादेवी लिफ्टिङ खानेपानी योजनाको अत्यावश्यक सामग्रीहरु बिग्रिएपछि स्थानीय बासीलाई खानेपानीको समस्या भएको हो । सो योजनाको सोलार सिष्टम र पानी तान्ने विद्युतीय मेशिन बिग्रिएर मुहानबाट पानी तान्न नसकिएपछि गाउँमा खानेपानीको हाहाकार भएको स्थानीय वालविकास माविका शिक्षक शिव खनालले जानकारी दिनु भयो । धारामा पानी नआएपछि सो क्षेत्रका रातमाटा, शेरा, कमेरेगाउँ, मल्लस्वाँरा, कमरगाउँ, धार्दी पौडेलगाउँ लगायतका पुरानो पञ्चायतघर माथिका बस्तीका करिब ५ सय उपभोक्तालाई निकै सकस व्यहोर्नु परेको खनालले बताउनु भयो ।
सो योजना अन्तर्गत बिजुली र सोलारबाट चलाइएको मेशिनले धुन्द्रेखोला स्थित मुहानबाट पानी लिफ्टिङ गरेर ढलेपिपलमा रहेको ट्यांकीमा जम्मा गर्ने र त्यहाँबाट पनि पुनः लिफ्टिङ गरेर रातमाटा गाउँमा रहेको वितरण ट्यांकीमा जम्मा गरेर उपभोक्ताको घरघरमा पानी पुयाइएको जाल्पादेवी खानेपानी योजनाका अध्यक्ष मनु गिरीले जानकारी दिनुभयो । तान्द्राङटक्सारमा २०६८ देखि सुरु भएर ७२ सालमा सम्पन्न भएको सो योजनाको सोलार सिष्टम र विद्युतीय मोटर समयमै मर्मत् सम्हार हुन नसक्दा उपभोक्तालाई निकै सास्ती भएको उहाँले बताउनुभयो । बेलाबखत ती उपकरणहरुमा समस्या आउने तर मर्मत सम्हारका लागि पर्याप्त बजेट नहुने, प्राविधिक जनशक्तिको अभाव र पोखरा वा चितवनबाट प्राविधिक ल्याउनु पर्ने वाध्यताका कारण नियमित रुपमा खानेपानी आपूर्ति गर्न सकस भइरहेको दुखेसो अध्यक्ष गिरीले पोख्नुभयो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि