INSEC Online

📅 २०८३ जेष्ठ २१

विपद् कोषमा १५ करोड रुपियाँ जम्मा गर्ने कोशी सरकारको निर्णय

कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले विपद्कोषमा १५ करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को ०८२ चैत १२ गतेको बैठकले प्रदेश सरकारको विपद् कोषमा १५ करोड रुपियाँ जम्मा गर्ने निर्णय गरिएको कोशी प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले बताउनु भयो । उहाँले ०८२ असोज १८ र १९ गते बाढीपहिरो साथै चैत १ र २ गते हावाहुरीका  कारण क्षति भएको क्षेत्रमा पुननिर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको विपद कोषमा १५ करोड रुपियाँ जम्मा गर्ने निर्णय गरिएको हो ।

बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने, २०८३ सालमा दिने सार्वजनिक सार्वजनिक विदा  पनि स्वीकृत गरेको छ । वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विनोद सुवेदी

अन्य

भिडियो