INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडित बालिकालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी १३ वर्षीया बलात्कार  घटनाको पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ चैत ९  गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया प्रतिनिधिले बालिकाका आफन्तलाई न्यायमा पहुँचका लागि १० हजार रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।

पीडित बालिकालाई फागुन १५ गते ११ वर्षीय र १५ वर्षीय  बालकले बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १५ गते इलाका प्रहरी कार्यालय, पाताभारमा उजुरी दिएका थिए।

घटनाका आरोपितलाई प्रहरीले फागुन १५ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १५ गते बर्दिया अस्पताल गुलरियामा भएको थियो ।

जिल्ला सरकरी वकिलको कार्यालय, बर्दियाले फागुन २९ गते बर्दिया जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेको थियो । अदालतको फागुन १८  गतेको न्यायाधीश मनोज श्रेष्ठको इजलासले दुबैजना बालकलाई बाल सुधार गृहमा पठाउने आदेश भएको छ ।

प्रकाश पौडेल

अन्य

भिडियो