INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–१५ हड्तालीकी ३२ वर्षीया कोमलकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति रोशन साहलाई चैत ११ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८२ चैत ६ गते पत्नीको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

मृतकको शव चैत १० गते विराटनगर महानगरपालिका–१७ स्थित छालाफ्याक्ट्री छेउको नालामा तन्नाले बेरेर फ्यालेको अवस्थामा फेला परेको थियो ।

शव फेला परेको सूचना विराटनगर महानगरपालिका–१७ का वडाध्यक्ष कासिर मियाँले प्रहरीलाई दिएका थिए ।

कोमलकुमारी घरबाट बेपत्ता भएको भन्दै पीडित पक्षले चैत ८ गते खोजीका लागि इलाका प्रहरी कार्यालय, रानीमा निवेदन दिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।

विनोद सुवेदी

अन्य

भिडियो