जिराभवानी गाउँपालिका– १ पिपरा टोलकी ६५ वर्षीया शायेदा श्रीवास्तवको हत्या आरोपमा प्रहरीले २५ वर्षीया बुहारी पिंकीदेवी श्रीवास्तव र उनकी बहिनी १९ वर्षीया गायत्री श्रीवास्तावलाई ०८२ चैत ९ गते गिरफ्तार गरेको छ ।
डीएसपी हरिबहादुर बस्नेतका अनुसार घरायसी विवादका कारण पिंकीले आफ्नै सासु शायेदालाई बहिनीसँग मिलेर चैत ढ गते कुटपिट गर्दा तत्कालै मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
शवको पोष्टमार्टम चैत १० गते नारायणी अस्पताल वीरगन्जमा गरिएको प्रहरीले जनाएको छ ।