१४ वर्षीया बालिकालाई ०८२ चैत ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले बिगु गाँउपालिका–१ का २२ वर्षीय धनराज तमाङलाई चैत ८ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित पक्षले चैत ५ गते इलाका प्रहरी कार्यालय, सिगिटमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ६ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर कमल कुमार लुंगेलीले बताउनु भयो ।